चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटो फिचर)

न्युज  काराखाना
  • ख-
  • ख+

रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले  चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन ।
प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उदेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् ।
स्थानीय व्यापारीलाई पनि पसल पसलमा  पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो ।
चाडपर्वमा चालक/सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ ।
पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ ।
व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ ।
तस्बिरः न्युज  काराखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्