हाम्राे पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हाे: अध्यक्ष नेपाल

खबर बुक
  • ख-
  • ख+

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताउनुभएको हो ।

उहाले कम्युनिष्ट पार्टी जनताको निम्ती र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिनुभयो । त्यस्तै उहाले निस्वार्थ भावनाले काम गर्न र व्यक्तिवाद हावी हुन नदिन सुझाव पनि दिनुभयो । मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका पार्टीको एजेण्डा लिएर जान उहाले निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले परिणाम नआएसम्म समग्र पार्टी पङ्तीको मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्