पूर्वराजा शाहले यसवर्ष दसैँको टिका आफ्ना सुभेच्छुकलाई नलगाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १६
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दसैँको टिका आफ्ना सुभेच्छुक तथा शुभचिन्तकलाई टीका नलगाउने हुनुभएको छ ।

पछिल्लो समय देशभर फैलिएको डेङ्गीका कारण जनजीवन प्रभावित बनेका कारण उहाँले यस वर्ष आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई दसैँको टीका नलगाउने बताउनुभएको हो ।

शाहले यस वर्षको दसैँमा शक्तिपीठहरूको दर्शन पनि नगर्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्