भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ ।
सर्वाेच्च अदालतको आदेशपछि ३० र ३२ तले दुईवटा भवन ‘ट्विन टावर’ आइतवार भत्काइएको हाे। आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो ।
उक्त भवन भत्काउनका लागि ३ हजार ७०० किलोग्राम विष्फोटक पदार्थ प्रयोग गरिएको थियो ।