राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकबारे राष्ट्रियसभामा जानकारी

खबर बुक
  • ख-
  • ख+

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकका बिषयमा राष्ट्रिय सभाको बैठकमा जानकारी गराइएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा जानकारी गराउनुभएको हो ।

यसअघि संसदको दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता गर्नुभएको थियो । उक्त बिधेयक पुन प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल गर्ने राष्ट्रियसभाको तयारी छ । विधेयक पुनः संघीय संसदबाट पारित भए राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्