जलविद्युत लगानीकर्ताले गभर्नर अधिकारीसँग मागे साढे ३७ खर्ब ऋण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटा कम हुने बताएका छन्। सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत निर्यात भइ व्यापार घाटा कम हुने बताए हुन्।

इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले जलविद्युत आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरेका थिए। जवाफमा अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताएका छन्।

इप्पानले सरकारको लक्ष्यअनुसार ऊर्जाको क्षेत्रमा काम गर्न ३७ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानीको आवश्यक्ता पर्ने जनाएको छ। तत्कालै करिब ३ हजार ७ सय मेगावाट (१ हजार ५०० मेगावाट आरओआर र २ हजार २ सय मेगावाट पीआरओआर) क्षमताका आयोजना विकास गर्दा अबको ५ वर्षमा झण्डै ५ खर्ब ५५ अर्ब र नेपाल–भारतबीच भएको विद्युत निर्यातको सम्झौतासमेत जोड्ने हो भने १० वर्षमा झण्डै २० खर्ब ५५ अर्ब रुपैयाँ लगानी आवश्यकता पर्ने छ।

त्यस्तै  ऊर्जा दशकको घोषणाअनुसार २५ हजार मेगावाट थप उत्पादन गर्दा ३७ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानीको आवश्यक पर्ने इप्पान अध्यक्ष कार्कीले गभर्नर अधिकारीलाई जानकारी गराए।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्