रौतहटमा हावा भर्ने ट्याङ्की बिस्फोट हुँदा दुई जना गम्भीर घाइते

खबर बुक
  • ख-
  • ख+

रौतहट, १ असोज। हावा भर्ने ट्याङ्की बिस्फोट हुँदा रौतहटमा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको गरूडा नगरपालिका–४ स्थित समनपुर रोडमा आज सोमबार गाडीमा हावा भर्ने ट्याङ्की बिस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।

धर्मेन्द्र मोटरसाइकल वर्कसपमा मोटरसाइकलमर्मत गरिरहेका स्थानीय धर्मेन्द्र साह र विधिकुमार साह घाइते भएकाइलाका प्रहरी कार्यालय गरूडाले जनाएका छन्।

अचानक सवारीमा हावा भर्ने ट्याङ्की बिस्फोट भएपछि फलाम उडेर दुवै जना घाइते भएका हुन्। धर्मेन्द्रको दाहिने हातमा अधिक चोट लागेको प्रहरीले जनाएका छन्।

स्थानीय अस्पतालमा उपचार गराउँदा घाइते दुवैको अवस्था गम्भीर देखिएपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ।

दुवैको हात र शरीरमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्