शेयर बजारमा सामान्य वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १ असोज । आज पहिरो गएको शेयर बजार सामान्य अंकले हरियो रहेर थामियो ।

कारोबार भने २ अर्बबाट आज अर्ब तलै खुम्चिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रही १९ सय ६९ कायम भएर थामियो ।

वाणिज्य बैंकबाहेक बाँकी समूह हरियो रहे । व्यापार समूह सबैभन्दा उच्च डेढ प्रतिशत र जलविद्युत समूह १ प्रतिशतले उकालो लागे । बाँकी अधिकांश समूह दोहोरो अंकले उकालो लागे । सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

१ सय ४९ कम्पनीको मूल्य बढ्दा ६२ कम्पनीको घट्यो । सोमबार इमर्जीङ नेपाल र थ्रीस्टार हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाउँदा शुभम् पावरका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत गुमाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्