संविधान दिवसको अवसरमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ भदौ । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ ।

कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो ।

राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ ।

गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्