सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० भदौ । सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्।

घिमिरे शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गरेका थिए। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।
न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्