बालबालिकाका लागि काठमाडौंमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ भदाै ।  काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दोस्रो चरणको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा बालकालिकालाई फाइजर खोप लगाइने छ ।

खोप काठमाडौं जिल्लास्थित महानगरपालिका तथा नगरपालिकाले तोकेका स्वास्थ्य संस्था तथा विद्यालयहरूमा दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप सबै नगर अस्पतालहरूबाट  लगाइनेछ ।

खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्