
काठमाडौं, १४ असोज
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
गएराति अबरेसम्म अध्यक्ष ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको हो ।
आवश्यक परामर्शमा अध्यक्ष ओलीलाई उम्मेदवारको अन्तिम तय गर्ने अधिकार दिइएको एमालेले जनाएको छ ।
तल्ला कमिटीबाट सिफारिस भएर आएका सबैको नाममा छलफल भएको र एकल रूपमा सिफारिस भएका नाममा पनि छलफल भएको छ ।
तर, कुनै ठोस निर्णय भने नभएको सचिव पद्मा अर्यालले बताउनुभयो ।