नागरिकता विधेयक, २०७९, आजको राष्ट्रिय सभा बैठकमा पेश हुँदै

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आजको राष्ट्रिय सभा बैठकमा पेश हुँदैछ ।

विधेयक दिउँसो १ बजे बस्ने बैठकमा पेश हुन लागेको सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयाे।

विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अन्य विभिन्न विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।

पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाउनु भएकाे थियाे।

फिर्ता भएको विधेयक  भदौ २ गते प्रतिनिधिसभामा पारित भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्