अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

न्युज कारखाना 
  • ख-
  • ख+

काठमाडौं, १३ असोज

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्