
काठमाडौं, असोज १२
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मुलुकको सवै भाषालाई राष्ट्रिय भाषाका रुपमा मान्यता दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा डाक्टर गोपाल ठाकुरद्वारा लिखित भोजपुरी व्याकरण लोकार्पण कार्यक्रममा नेता यादवले अहिले खस भाषालाई मात्रै मान्यता दिईरहेको भन्दै भोजपुरी लगाएत मुलुकको सवै भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने बताउनुभएको हो । उहाले शासन गर्ने ठाँउमा बसेका व्यक्तिहरुले सदैव आफु अनुकुलको काम गर्ने गरेको धारणा राख्नुभयो । यादवले राष्ट्रपतिले संविधान बिपरित नागरिकता ऐन प्रमाणीकरण नगर्दा पनि कुनै कानून लाग्न नसकेको जिकिर गर्नुभयो ।
उहाले अहिले पनि आफु पार्टीभित्र सम्मानजनक हैसियतका लागि लडाई गरिरहेको बताउनुभयो ।