विवेकशील साझा पार्टी छाडेर पुरूषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।
२०७४ मा सम्पन्न निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौं–१ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उनले उम्मेदवारी दिएका थिए ।
उनी विवेकशील साझा परित्याग गर्दै बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ढुंगेललाई कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी प्रवेश गराएका हुन्।