डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

खबर बुक
  • ख-
  • ख+

नेपालमा डेङ्गी रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकोमा स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २७ हजारभन्दा बढी मानिस डेङ्गी सङ्क्रमित भएकोमा ३६ जनाको मृत्यु भएको छ ।

यसअघि, २०७६ मा डेङ्गीका कारण ७ जनाको मृत्यु भएको सरकारले बताएको थियो ।

यसपटक भने मृतकको सङ्ख्या बढेकोमा विज्ञहरू चिन्तित बनेका छन् । स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारीले दोहो¥याएर डेङ्गी लागेको खण्डमा थप जटिल हुने भएकाले सतकर्ता अपनाउन आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमणका कारण हिजो १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । सरकारले कोरोनाको जोखिम पनि कायमै रहेकाले सतर्क रहन समेत आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्