मालेको सचिवालय बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ।

असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।

यसैगरी, बैठकमा विभिन्न दलसँग चुनावी तालमेल गर्ने, नगर्ने बारे पनि छलफल गरिने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्