समावेशी र लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजाने नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समावेशी र लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजाने बताउनुभएको छ ।
बुधबार समाजवादी विधार्थी युनियनले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले सम्मुन्तन समाजवादको तेश्रो धारलाई अघि बढाउन पार्टी केन्द्रीत भएको समेत बताउनुभयो । आफुहरुले समाज रुपान्तरणको कुरालाई अघि बढाउन खोजेपनि केहि मान्छेहरु राजतन्त्रको वरिपरि घुम्ने प्रयास गरेको उहाको भनाई छ ।

उहाले अझै पनि संविधान अपूर्ण रहेको र संघीयतालाई बलियो बनाउन कठिन भइरहेको भन्दै मुलुक सुहाउदो संसदीय प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले यसअघि जसपालाई बलियो बनाउन आफुले भूमिका खेलेपनि सो पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरु क्षेत्रीय संरचनाभन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्