निर्वाचन ब्यवस्थापन प्रशिक्षण आजदेखि सुरु, आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिने

न्युज कारखाना
  • ख-
  • ख+

 काठमाडौं, १२ असोज ।निर्वाच आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उनले जनाए ।

‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्