जापानका पूर्व प्रधानमन्त्री आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

खबर बुक
  • ख-
  • ख+

जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार झन्डै ३ महिनापछि हुने अन्त्येष्ठि कार्यक्रमलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

अन्त्येष्ठिमा विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुखहरू पनि सहभागि हुने बताइएको छ । शिञ्जोको जापानस्थित दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा एक बन्दुकधारीले जुलाई ८ मा गोली हानी हत्या गरेको थियो ।

सन् २००६ मा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । आबेलाई जापानको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भनेर पनि चिनिन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्