नेपाल टेलिभिजनले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० असोज । नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आह्वान गरेको छ । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीनजना मागिएको छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले जनाएको छ । इच्छुकले १० असोजभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्