सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोग्य सामग्री नपाएको उपभोक्ताको गुनासो

खबर बुक
  • ख-
  • ख+

दसैँतिहार लगायतका चाडबाड लक्षित गर्दै सरकारले ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

यस्ता पसलमा ७ देखि १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । तर, उपभोक्ता भने सहुलियत पसलमा दैनिक उपभोग्य सामग्री नै नराखिएको गुनासो गर्छन् ।

सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले सुपथमूल्य पसल सञ्चालन गरेका हुन् ।

दसैं–तिहार र छठमा सबैभन्दा धेरै खपत हुन्छ चिनी र घिउ । तर, यिनै वस्तु सुपथ पसलमा पाइँदैन ।

चिनीबाहेक अन्य खाद्यान्नमा भने प्रतिकिलो र लिटरमा १० रुपैयाँसम्म छुट दिइएको छ । तर, त्यसमा कर लगाउनु पनि राम्रो नभएको उपभोक्ता बताउँछन् ।

सुपथ मूल्यका पसल सञ्चालन भएको एक हप्तामा काठमाडौं उपत्यकाका ४ वटा पसलबाट मात्रै झण्डै ५ हजार उपभोक्ताले सुविधा लिएका छन् ।

तर, पसलमा अत्यावश्यक वस्तु नभएको र कर थपेको बारेमा अरु जिल्लाबाट पनि गुनासो आएको छ । चिनी, घीउ लगायतका वस्तुमा किलोमा बजारमाभन्दा ७ देखि १० रुपैयाँ सस्तो सुपथ मूल्य पसलमा पर्छ ।

खाद्यान्नदेखि इनडक्सन चुलो लगायत २९ वटा सामग्रीको किनबेच हुने यी पसलबाट खुद्रा व्यापारीले सामान किनेर फेरि महङ्गोमा बेच्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

यस बारेमा पनि अनुगमन र नियमन कसरी गर्ने भन्ने बारेमा सरकारले छलफल गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्