
काठमाडौं, असोज ९
नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
काउन्सिलले हिजो सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन् । परीक्षामा १ हजार १ सय ७५ जना अनुतिर्ण भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीका अनुसार डेन्टल (बिडिएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् । परीक्षामा १२३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ । यस्तै, एमबिबिएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
परीक्षामा एक हजार सात सय ५ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ जना अनुपस्थित भएका थिए ।