राष्ट्रपति भण्डारीबाट दुई विधेयक पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ९
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक पारित गर्नुभएको छ ।

सङ्घीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीद्वारा उल्लेखित विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार