अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको प्रचण्डको भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं : असोज ९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।

अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो । उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो, यसमा मैले सङ्गठनमा बस्न मिल्छ, निर्वाचन लड्न पनि मिल्छ भनेको छु, प्रचण्डले भन्नुभयो ।

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्