आमाको हत्या गर्ने अभिनेता रयानलाई जन्मकैद

खबर बुक
  • ख-
  • ख+

लसएञ्जल्स, ८ असोज, हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ ।
अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो ।

अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठह¥याएको थियो ।

‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए ।

घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए । उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए ।

भिडियोमा लासको छेउमा उभिएर आफूले आमाको हत्या गरेको उल्लेख गरेका थिए ।

समाचारअनुसार आमाको हत्यापछि उनले क्यानाडाका प्रधानमन्त्री जस्टि ट्रुडोको हत्याको योजना बनाएका थिए ।

उनले यो कुराको दाबी आफ्नो डायरीमा गरेका छन् । तर उनले यो काम नगरी प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्