मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान

न्युज कारखाना
  • ख-
  • ख+

खोटाङ, ७ असोज ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्