के तपाई पनि जाने होइन त प्रसिद्ध च्छोरोल्पा हिमताल घुम्न (भिडियो सहित हेर्नुहोस )

खबर बुक
  • ख-
  • ख+

छो रोल्पा दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ ।

यो हिमताल, हिमालय, हिमनदीको अध्ययनमा लागेका व्यक्ति वा समुहका लागी भने यो नौंलो ठाँउ होइन । यो ताललाई सन १९९३ मा जल तथा शक्ति आयोगको सचिवालयको टोलीले पहिलो पटक अनुसन्धान गरेको थियो । त्यसपछि भने यसको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा कतिपय वैज्ञानिक अध्ययन अनुसन्धान भैसकेका छन ।

दोलखाको छेतछेतबाट ३२ किलोमिटर उक्लिएपछि आइपुग्छ नेपालकै सबैभन्दा ठूलो हिमताल च्छो रोल्पा । त्यसनजिकै ४७०० मिटरमाथि जमेको छ– दुधकुण्ड, जो गौरीशंकर संरक्षित क्षेत्रभित्र पर्छ । जैविक विविधताले भरिपूर्ण च्छोरोल्पा आउजाउ गर्ने बाटो रोल्वालिङ खोलाको किनारैकिनार तेर्सिएको छ । अनेक प्रजातिका गुराँस, सल्ला र धुपीहरू यहाँका रैथाने वनस्पती हुन् भने हिउँचितुवा, हाब्रे, ब्वाँसो र थारजस्ता जनावार अनि डाँफे, चिलिमे, मलेवा जस्ता चराको यो घर हो ।

तिब्बती सीमानाबाट ५ किलोमिटर मात्रै वर पर्ने बौद्धालम्बी शेर्पाबाहुल नागाउँबाट बिहानै उठेर ३ घण्टा हिँडेपछि च्छो रोल्पा तालमा पुगिन्छ, जो गौरीशंकर हिमालको काखमा थपक्कै बसेको छ । त्यहाँबाट पनि अर्को ३ घण्टा कष्टकर बाटो हिँडेपछी आइपुग्छ दुधकुण्ड ।

फुट्ने खतराको सुचिमा अग्र स्थान छ– च्छो रोल्पा । कथं ताल फुटिहाल्यो भने त्यसलाई सूचित गर्नेगरी रोल्वालिङ भ्यालीमा विभिन्न प्रकारका साइरन तथा अन्य वैज्ञानिक उपकरण जडान गरिएको छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्नाले हिउँ पग्लने गति बढ्दो क्रममा छ । यसले ताल फुट्ने जोखिम बढाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्