कलाकार बुद्धि तामाङले कसे लगनगाँठो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ असोज । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।

 

तस्वीर : केदार घिमिरेको फेसबुकबाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्