
गायक असिम कुमार कटवालले नयाँ दसैं गित सार्बजनिक गरेका छन् ।
“परदेश्मा फस्या छु” गीतमा गायिका गीता देबि र कटवालको स्वर रहेको छ ।
शब्द तथा लय बिशाल थापा मगरको रहेको छ । प्रस्तुत गीतको भिडियो निर्देशन निरेन श्रेष्ठ र छायांकन मरभुमी नारायणले गरेका छन । सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ ।
भिडियोमा अभिनय उत्तम केसी, सबिन गौतम, ज्ञान बहादुर सतशंकर, सोभा भट्टराई र बिस्व थापा मगरले गरेका छन् ।
जन्म भूमीमा दसैं आउदै गर्दा लाखौ नेपालीहरुलाई प्रदेशी भुमीमा हुने गाउँघरको याद अनि सम्झनालाई चित्रण गर्दै उक्त गीतको भिडियो तयार पारीएको छ ।