दैनिक आँप सेवन गर्दा शरिरमा कस्ता फाइदा हुन्छन त भिडियोसहित हेर्नुहोस

खबर बुक
  • ख-
  • ख+

हेर्दा पहेलो रंगको देखिने, खाँदा निकै स्वादिलो लाग्ने र सम्झिदै मुख रसाउने एक प्रकारको फल हो आँप । आँप मानिसको स्वास्थको लागि अति फाइदाजनक छ । मानिसले स्वस्थकर जीवन यापन गर्न र विभिन्न रोगसँग लड्न सक्ने क्षमता पनि प्राप्त गर्दछ । यो सानो बच्चादेखि वृद्धसम्मले पनि राम्रोसँग खान र पचाउन सक्ने फल हो ।

दैनिक आँप सेवनबाट हाम्रो शरिरमा केकस्ता फाईदाहरु हुन्छ हेर्नुहोस :

१. शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्न मद्धत गर्दछ ।
२. आँपमा भिटामिन बी सिक्स प्रसस्त मात्रामा पाइन्छ । जसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त र स्मरणशक्ति पनि बढाउँछ ।
३. आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ ।
४. हृदय सम्बन्धि रोग, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम गर्न मदत गर्दछ ।
५. शरिरको तौल बढाउन चाहानेहरुका लागी यो फलले सहयोगी गर्दछ ।
६. पाकेको आँपको गुदी अनुहारमा लगाएमा डण्डिफोर आउने समस्या कम हुन्छ ।
७. रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरवाट समेत बच्न सहयोग गर्दछ ।
८. अपच तथा अम्लपना जस्ता समस्या हटाउनलाई सहयोग गर्दछ ।
९.  रक्तअल्पता भएका विरामीहरुको अति उपयोगी साथै गर्भवती महिलाहरुका लागि पनि फाइदाजनक हुन्छ ।

भिडियो

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्