वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचना हटायो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ ।

नक्सा पास नगरि बनाइएका ती संरचना महानगरले डोजर लगाएर भत्काएको हो ।

ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले गएको बुधवार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिनुभएको थियो ।

यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधवार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।

महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो ।

आनाकानी गर्दै आए अरु ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्