काठमाडौं आएका डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ५ असोज

 चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् ।

सरकारले मंगलबार डा केसीलाई काठमाठौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए ।

स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्