अख्तियार दुरुपयोग अनुसन्धान आयोग : अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ५

अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ ।

अखितयारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो । जस अनुसार प्रारम्भीक छानविनबाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, बिस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारावही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सवैभन्दा बढि उजुरी मधेश प्रदेशमा रहेको छ भने सवै भन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै सबैभन्दा बढी मुद्धा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाउको छ । अख्तियारले बुधबार नै बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्