राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको एमालेका नेता शेरबहादुर तामाङको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ५

नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताउनुभएको छ ।

बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावना अनुसार नै अघि बढेको बताउनुभएको हो । उहाले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गर्नुभयो । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रुपमा नलिएको उहाको भनाई छ । तामाङले राष्ट्रपतिलाई अपमानीत गर्ने कामप्रति घोर आपत्ती रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले राष्ट्रपतिले संविधानलाई उल्टाएर व्यवस्थालाई उल्टाउने प्रयास भएको र यो संविधानमाथिको ठूलो प्रहार भएको बताउनुभयो ।

त्यस्तै जसपाका नेता मनिष सुमनले राष्ट्रपतिको कदम गलत भएको भन्दै संवैधानिक पदमा बसेको व्यक्तिले देशका लागि काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले राष्ट्रपतिको अहिलेको कदमले भविष्यमा गलत नजिर बस्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्