काठमाडौं, असोज ४
सिट बाँडफाँटका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले भोली टुङ्ग्याउने बताएका छन् ।
आज बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् ।हिजोको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले आज बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए ।
उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए । तर कहाँ कहाँको गाँठो फुक्यो भन्ने प्रश्नमा उनले हतार नगर्न आग्रह गरे ।