बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

खबर बुक
  • ख-
  • ख+

बेइजिङ–८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो ।

कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धान्जलि दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनिमा कर्मचारीहरूले दिनमा करिब १४ घन्टासम्म झन्डा बनाउने काममा लगाइएको थियो । महाप्रबन्धक फ्यान एइपिङका अनुुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झन्डा बनाएका थिए ।

अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ । फ्यानका अनुसार  एउटै ग्राहकले हजारौँ झन्डको अर्डर गरेका थिए । महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्