अनसनरत डा.केसी र सरकारबीच आज पनि वार्ता हुने

खबर बुक
  • ख-
  • ख+

९ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदैछ ।

आइतवारदेखि सुरु भएको वार्तामा हालसम्म कुनै पनि सहमति हुन नसकेपछि आज पनि दुबै पक्षबीच वार्ता हुन लागेको हो ।

डा.केसी पक्षबाट वार्तामा सहभागी प्रितम सुवेदीका अनुसार वार्ता बिहान १० बजे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हुनेछ ।

गत सोमवार कैलालीमा अनसन सुरु गर्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले काठमाडौं लैजान आग्रह गरेका छन् ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वार्ता निष्कर्षमा पु¥याएर उहाँको जीवनरक्षा गरिदिन नेपाल चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ ।

सेती प्रादेशिक अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएसँगै चिकित्सक सङ्घले अविलम्ब वार्ता निष्कर्षमा पु¥याउन आग्रह गरेको हो ।

डा. केसीको उपचारमा संलग्न चिकित्सकले हिजो केसीको पेटमा अल्सर भई आन्तरिक रक्तस्राव भएको आशङ्का गर्दै विशिष्टिकृत अस्पतालमा लैजान सुझाव दिएका थिए ।

विभिन्न ८ बुँदे मागसहित डा.केसीले २० औँ पटक अनसन बस्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्