प्रभु लाइफ इन्स्याेरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १२ जेठ । प्रभु लाइफ इन्स्याेरेन्सले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८  प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्याेरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले शुक्रबार बुक क्लोज गर्दै छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्