यस्ताे छ, आजको तरकारी तथा फलफूलको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  १२ जेष्ठ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी ३००,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रू ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्