समानुपातिक तर्फको बन्द सुची बुझाउने काम जारी

खबर बुक
  • ख-
  • ख+

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले अहिले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ ।

हिजो र आज समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका छन् ।

दोश्रो दिन आज बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको छ ।

नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टीले पनि गठन गरेको कार्यदलले बनाएको समानुपातिक उम्मेदवारको सूची नै निर्वाचन आयोगमा बुझाएको छ ।

समानुपातिक उम्मेदवारको सूची बनाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने माओवादीको तयारी रहेको छ । काँग्रेसको समानुपातिक तर्फको बन्द सूची बुझाउन काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । लोसपा पनि बन्द सूची बुझाउन आयोग पुगेको छ ।

लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट बुझाए पनि अन्य प्रदेशमा केही कम सूची बुझाउने आयोग पुगेका लोसपा नेता केशव झाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्