राष्ट्रिय जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ असोज । राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

अन्तिम दिन सोमबार राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १६५ सिटका लागि निर्वाचन हुनेछ भने समानुपातिक तर्फ ११० सिट रहेको छ । राष्ट्रिय जनमोर्चाले ११० सिटमै उम्मेदवारको नाम पठाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्