बोध श्रीको ‘गरिबको दशैं’मा रेशम फिरिरी ( भिडियो )

खबर बुक
  • ख-
  • ख+

काठमाडौं – लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

दशैं फेरि पनि नेपालीहरुको घर आँगनमा आउनै लाग्दा विदेशिएका नेपाली दाजुभाईहरुको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताएकी छिन्। गीतमा संगीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियो मार्फत गायक भावुक निर्देशन समेत होमिएका छन्। उनको यो डेब्यु निर्देशन हो।

गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्। यस गीतमा बिहान खायो बेलुका के खाउँ र बेलुका खायो बिहान के खाउँ हुने गरिब तथा दुःखी हरुको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब –गुरुवाहरुको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।

म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरी मुख्य भूमिकामा फिचर्ड छन् भने बालकलाकार बिदान मैनालीको समेत अभिनय रहेको छ। नरेश ऐरले छायाँकन गरेको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गरेका हुन्। ‘बोध अनलाइन टिभी’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्