
समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो।
स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।