अध्यक्ष ओली  :  निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस अघि प्रतिनिधिसभा बिघटन गरेर निर्वाचनमा जाँदा प्रतिगमन भएको भन्नु गलत भएको भन्दै निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताउनुभएको हो । आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको उहाको भनाई छ । उहाले आगामी निर्वाचनमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए । निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर चल्न नहुने उहाको भनाई छ ।

उहाले संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्ने काम संसदले गरेकाले समग्रतामा संसदको यो कार्यकाल सफल रहेको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्