सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३१

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले बढेको जानकारी दिनुभयो । त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा कल्याणकारी सेवा सुविधातर्फ कुल १५ अर्व ४९ करोड खर्च भएको उहाले बताउनुभयो । त्यस्तै उहाले सोहि आर्थिक बर्षमा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १ हजार ६ सय ४५ बिद्यार्थीहरुमध्ये सैनिकतर्फका २ सय १८ विद्यार्थी र गैह््र सैनिकतर्फका १५० बिद्यार्थीहरुले ९ करोड ११ लाख ३९ हजार छात्रवृत्ति रकम प्रदान गरेको थापाले बताउनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न बिभिन्न कठिनाई भएको जनाएको छ । आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले पोखरेलले जग्गा विवाद, अदालतमा विभिन्न मुद्धा परेका कारण समस्या भइरहेको बताउनुभयो । उहाले गत आर्थिक बर्षमा ८ अर्व ४२ करोड बिनियोजना भएकोमा बार्षिक लक्ष्यको अनुपातमा करिव ९९ प्रतिशत काम भएको जानकारी दिनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा सेनाका बिभिन्न निर्देशनालयले गरेका कामका बारेमा जानकारी गराइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्