महाभियोग सिफारिस समितिद्धारा निलम्बित प्रधानन्यायाधीश राणासंग बयानको लिखित प्रतिमा हस्ताक्षर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ ३१

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासंग बयानको लिखित प्रतिमा हस्ताक्षर लिएको छ ।

समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले जबराको बयान १७४ पेजमा समेटेकोमा शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिनुभयो । बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो । शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १ सय ७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउने गरिएको थियो । शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताउनुभयो ।

समितिको बैठक शनिबार बिहान ८ बजे नै बोलाइएको छ । हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पुरक प्रश्न सोधिने प्रबक्ता गौतमले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्