मिटरब्याज पीडितहरुको धर्ना जारी

खबर बुक
  • ख-
  • ख+

मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।

आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् ।

आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ ।

यसैक्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन् ।

अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा साथ दिने प्रतिवद्धता जनाउनुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्