प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउनुहुने छ ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्